neapl investment mega bank
  • गृहपृष्ठ
  • गोर्खा इको प्यानलद्धारा ख्वप अस्पताललाई सहयोग

गोर्खा इको प्यानलद्धारा ख्वप अस्पताललाई सहयोग

May 31st, 2021

भक्तपुर, जेठ १७

निर्माण सामाग्री उत्पादन कम्पनीहरुको संयुक्त समूह गोर्खा ग्रुप (समूह) ले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल (कोभिड युनिट) मा आइसोलेसन केन्द्र र एचडीयु सञ्चालनका लागि अक्सिजन प्लान्ट व्यवस्था गर्न चार लाख वढी रकम सहयोग गरेको छ । गोर्खा इको प्यानल, गोर्खा इको रेड ब्रिक्स, नाग पुखु गेष्टहाउस तथा प्रबन्धकहरूकोतर्फबाट चार लाख दुई हजार रुपैयाँं सहयोग स्वरुप प्रदान गरिएको हो ।

गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ईन्जिनियर सुरेश कवां, गोर्खा इको रेड ब्रिक्सका सीईओ कृष्णराम देउपाला र प्रबन्धक हरिराम बुह्योले उक्त रकम बराबरको चेक भक्तपुर नगरपालिकाकी उपप्रमुख आर्किटेक्ट इन्जिनियर रजनी जोशीलाई नगरपालिकाको कार्यालय व्यासी भक्तपुरमा एक कार्यक्रम गरी आइतबार हस्तान्तरण गरे । कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष उकेश कवां, भक्तपुर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष रवीन्द्र ज्याख्वलगायतको उपस्थिति रहेको थियो ।

भक्तपुर नगरपालिकाले आफूद्धारा भक्तपुर नगरपालिका वडा नं ९ च्याम्हासिंह ब्रम्हायणीमा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटमा अक्सिजन प्लान्टलगायतको व्यवस्था गर्न विभिन्न उद्योगी व्यवसायीलगायत सवैसँंग सहयोग लिइरहेको छ । यस क्रममा सामाजिक उतरदायित्व अन्तर्गत आफूहरुले यसअघि जस्तै सकेको सहयोग गरेको गोर्खा इको प्यानलका सीईओ इन्जिनियर सुरेश कवाँंले बताए ।

गोर्खा इको प्यानल नेपालमै पहिलो पल्ट उत्पादित प्रिफ्याब प्यानल हो । यसको प्रयोग बाहिरी तथा भित्री पार्टेशन वालको रुपमा गरिन्छ । कम्पनीको मुख्य कर्पाेरेट अफिस भक्तपुरको मध्यपुर थिमि राधेराधे नजिकै रहेको छ ।

कम्पनीका उत्पादनहरु पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नै प्रयोग भइरहेका छन् । कोरोनोको यो महामारीका पछिल्ला वर्षहरुमा कम्पनीको उत्पादन (इको प्यानल) को प्रयोग गरी विभिन्न अस्पतालहरु, आइसोलेनस केन्द्रहरु बनिसकेका छन् । तीब्र निर्माण सम्पन्न हुने भएकाले यसका उत्पादनहरुको प्रयोग गरी अस्पताल, आइसोलेसन केन्द्र बन्ने क्रम वढेको हो ।