neapl investment mega bank
  • गृहपृष्ठ
  • एनएमबि बैंकद्वारा नेपालमै पहिलो पटक जारी गरिएको उर्जा ऋणपत्रमा देखियो आकर्षण

एनएमबि बैंकद्वारा नेपालमै पहिलो पटक जारी गरिएको उर्जा ऋणपत्रमा देखियो आकर्षण

May 30th, 2021

काठमाडौ, जेठ १६

एनएमबि बैंकद्वारा नेपालमै पहिलो पटक उर्जा ऋणपत्र जारी गरेकोमा ४ दिनमै मागभन्दा अत्याधिक आवेदन परेको छ । उक्त ऊर्जा ऋणपत्र जेठ ९ गते आईतबार देखि बिक्री खुल्ला गरिएकोमा पहिलो ४ कार्यदिन भित्रै अत्याधिक आवेदनको कारणले विक्रि बन्द गरिएको हो ।

एनएमबि बैंकले वार्षिक ४ प्रतिशत ब्याजदरमा १ अर्ब ५० करोड बराबरको १५ वर्षे अवधिको उक्त ऋणपत्र विक्री खुला गरेको थियोे । यस ऋण पत्रबाट प्राप्त कोषलाई जलविद्युत र अन्य नवीकरणीय उर्जा आयोजनाहरूमा लगानीको लागि उपयोग गरिने छ । हालसम्म बैंकले ऊर्जा क्षेत्रमा ४३ जलविद्युत परियोजनाहरु लगायत नवीकरणीय उर्जाको क्षेत्रमा कुल कर्जा सापटको १६% भन्दा बढी रकमको प्रतिबद्घता गरिसकेको छ ।

उपयुक्त ऋणपत्र आह्वान गर्नुको मुलभुत उद्देश्य वास्तविक अर्थव्यवस्थाको समग्र विकासको लागि दिगो टेवा पु¥याउने प्रतिबद्घता अनुरुप उत्तरदायी भुमिका निर्वाह गर्दै बैंकिङ्ग सेवा प्रदान गर्नु रहेको बताइएको छ ।

हालको विषम परिस्थिति र यस महामारीको प्रभावका वावजुद पनि विश्वास गरेर एनएमबि उर्जा ऋणपत्र खरिद गरी सहयोग र सदभाव प्रदान गर्नु भएकोमा सम्पुर्ण सुभेच्छुकहरु, लगानीकर्ता आवेदकहरु, आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, नियमनकारी निकायहरु तथा सरोकारवालाहरु सबै प्रति एनएमबि बैंकले हार्दिक कृतज्ञता ब्यक्त गरेको छ । बैंकले देशभरीका १८१ शाखाहरु, १३७ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।