neapl investment mega bank
  • गृहपृष्ठ
  • उपप्रधानमन्त्री पोखरेलबाट उज्जवल थापाको स्वास्थ्य अवस्थाबारे जानकारी

उपप्रधानमन्त्री पोखरेलबाट उज्जवल थापाको स्वास्थ्य अवस्थाबारे जानकारी

May 30th, 2021

काठमाडौं, १३ जेठ

उपप्रधानमन्त्री ईश्वर पोखरेलले विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको स्थास्थ्य अबस्था बारेमा जानकारी लिनुभएको छ।

उपप्रधानमन्त्री पोखरेलले मेडिसिटी अस्पतालका चिकित्सकहरुसँग टेलिफोनमार्फत थापाको स्वास्थ्य अबस्था बारे जानकारी लिनुभएको हो । यसका साथै, उहाँले थापाकी आमा शान्ता थापालाई टेलिफोन गरी सरकारका तर्फबाट विशेष सहयोग गर्नुपर्ने भए जानकारी गराउन आग्रह गर्नुभयो । ‘सरकारका तर्फबाट केही विशेष गर्न सकिन्छ भने मलाई सिधै फोन गर्नुस्, उपचारमा आवश्यक सम्पूर्ण सहयोग गर्न तयार छौं’– उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो । थापाको अहिले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।