आधारभूमि संवाददाता
काठमाडौ, १६ जेठ
राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीका कारण स्थगित २०७७ सालको माध्यमिक शिक्षा परीक्षा एसईई वैकल्पीक मुल्यांकन विधिबाट गर्ने निर्णय गरेको छ । बैठकले एसईई परीक्षा बैकल्पीक मुल्यांकन विधिबाट गर्ने निर्णय गरेको भएपनि शिक्षा मन्त्रालयको सिफारिस आवश्यक भएकाले शिक्षा मन्त्रालयको निर्णय बमोजिम परिक्षा हुने जानकारी दिए ।
उनले भने, एसईई परिक्षा वैकल्पीक मुल्यांकन बाट गरौँ भनेर शिक्षा मन्त्रालय लाई सिफारिस गरेको छौँ, अव शिक्षा मन्त्रालयको निर्णय बमोजिम परिक्षा हुन्छ ।
गत शिक्षा तथा मानव स्रोत विकाश केन्द्र द्धारा गठित कार्यदलले जेठ १४ गते बोर्डलाई कक्षा १२ र एसईई परीक्षाको विकल्प सहितको निर्णय पेस गरेको थियो तर कोरोना महामारीको संक्रमण दर बढ्दै गएपछि कक्षा १२ को हकमा भने वार्षिक परीक्षा बारे केहि निर्णय भएको छैन ।