neapl investment mega bank
  • गृहपृष्ठ
  • टेलिमेडिसिन सेवाका लागि नेपाल चेम्बर, साल्ट ट्रेडिङ र ईश्वरलाल प्रतिष्ठानको सहयोग

टेलिमेडिसिन सेवाका लागि नेपाल चेम्बर, साल्ट ट्रेडिङ र ईश्वरलाल प्रतिष्ठानको सहयोग

May 30th, 2021

काठमाडौ, जेठ १६

आमनागरिकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरी नेपाल मेडिकल एसोसिएशनले सञ्चालनमा ल्याउन लागेको टेलिमेडिसिन सेवालाई नेपाल चेम्बर अप mकमर्श, साल्ट ट्रेडिङ कर्पोरेशन र सामाजिक संस्था ईश्वरलाल प्रतिष्ठानले सहयोग गरेकाछन् । नेपाल चेम्बर अफ कमर्शको अगुवाइमा अन्य दुई संस्थाले टेलिमेडिसिनका लागि आवश्यक सहयोग उपलब्ध गराएका हुन् ।

उक्त टेलिमेडिसिन सञ्चालन गर्न चाहिने सम्पूर्ण सामग्री (लजिस्टिक सपोर्ट) नेपाल चेम्बर अफ कमर्श र साल्ट ट्रेडिङ कर्पोरेशनले गरेको छ भने सामाजिक संस्था ईश्वरलाल प्रतिष्ठानले अन्य पूर्वाधारका काममा सहयोग गरेको ईश्वरलाल प्रतिष्ठानकी सदस्य डा. रमिला श्रेष्ठ (मास्के) ले जानकारी दिइन् । टेलिमेडिसिन सेवाबा टनिषेधाज्ञाका कारण घरमै बस्न बाध्य बिमारीहरूलाई भिडियो कल मार्पmत विशेषज्ञ चिकित्सकहरूबाट परामर्श दिइने छ । संघका अध्यक्षडा. लोचन कार्कीका अनुसार टेलिमेडिसिन सेवाबाट सोझै डाक्टरहरूलाई विरामीले आफ्नो समस्या समेत भिडियो कलमार्फत देखाउन सक्ने छन् । यसबाट विरामीको बस्तुस्थिति अझै सजिलोसँग चिकित्सकले थाहा पाउने र उपचारमा सजिलो हुने विश्वास गरिएको छ ।

आज आइतबार (जेठ १६ गते) देखि शुरू भएको यो सेवा हाललाई प्रत्येक दिन बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गरिने छ । हाल देशभर जटिल बाहेक बहिरङ्ग (ओपीडी) सेवा समेत ठप्प भएको बेला यो सेवाबाट देशभरका नागरिकले निःशुल्क चिकित्सकीय सेवा प्राप्त गर्ने नेपाल चेम्बर अफ कमर्शक ाअध्यक्ष राजेन्द्र मल्लले विश्वास व्यक्त गरे ।

‘देशका ७५३ वटै स्थानीय तह, जहाँ इन्टरनेटको पहुँच छ त्यस्ता ठाउँका बिरामीहरूले टेलिमेडिसिन सेवा प्राप्त गर्न सक्नेछन्,’ अध्यक्ष मल्लले भने, ‘यो सेवाका लागि हामीले संघलाई लजिस्टिक सपोर्ट गरेका छौं । समस्यामा परेका नेपाल र नेपाल बाहिर समेत रहेका नेपाली नागरिकको सेवामा सहयोग गर्न पाएकोमा चेम्बर गौरवान्वित छ । यसबाट धेरै भन्दा धेरै नागरिकले सेवाप्राप्त गर्नुहुने विश्वास मैले लिएको छु ।’ केहीदिन अघि कोरोना भाइरसको संक्रमणका कारण अस्पताल जान नसकेका नागरिकहरूका लागि लक्षित गर्दै नेपाल चिकित्सक संघले निःशुल्करूपमा कल सेन्टर सञ्चालनम ाल्याएको थियो । लगत्तै संघले टेलिमेडिसिन पनि सञ्चालनमा ल्याउन लागेको हो ।