काठमाडौ, जेठ १६
नेप्सेमा एकैदिन १७ अर्ब रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ । बजेट घोषणा पश्चात आज पहिलो दिन खुलेको नेप्से १२ दसमलव ५४ अंकले बढेर २८ सय २७ दसमलव ९३ अंंकमा चढेकोमा सेन्सिटिभ पनि तीन दसमलव ३५ अंकले बढेर पाँच सय सात दसमलव पाँच अंकमा चढेको छ । आज दुुई सय १९ वटा कम्पनीहरुको एक लाख ७३ हजार पाँच सय ३७ पटकको कारोवारमा चार करोड २६ लाख ३६ हजार तीन सय ४८ कित्ता सेयर किनबेच भएकाछन भने कुुल कारोवार रकम १७ अर्ब दुुई करोड ८४ लाख ३२ हजार दुुई सय ४५ रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा सात वटा समुहले कमाएकाछन भने छ वटा समुहले गुमाएकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १९ दसमलव ९४ अंकले बढेर १८ सय ७६ दसमलव ९९ अंकमा चढेकोमा बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन । जलबिद्युुत समुहको सुचक भने आज शुन्य दसमलव ६६ अंकले घटेर तीन हजार १५ दसमलव ८१ अंकमा झरेकोमा लघुबित्त, टे«डिङ, उत्पादनमुुलक, अन्य र लगानी समुहहरुको सुचक पनि घटेकाछन ।
आज बढी कमाउने कम्पनीहरुको सुचीमा ज्योति बिकास बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा बरुण हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेशनल हाईड्रो पावर कम्पनी परेको छ ।