neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

च्याम्पियन्स लिगको उपाधि चेल्सीलाई

May 30th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ,जेठ १६

इङ्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । शनिबार राति
पोर्चुगलको पोर्टोमा भएको फाइनल खेलमा अर्को इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीलाई १-० ले पराजित गर्दै चेल्सीले उपाधि उचालेको हो ।

चेल्सीलाई जित दिलाउन काइ हाभर्ट्जले गरेको गोल नै निर्णायक बन्न पुग्यो । हाभर्ट्जले खेलको ४२ औं मिनेटमा मेसन माउन्टको पासमा सो गोल गरेका हुन् ।

जितसंगै चेल्सीले दोस्रो पटक च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।यस अघि चेल्सीले सन् २०१२ मा उपाधि जितेको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi