neapl investment mega bank
  • गृहपृष्ठ
  • अर्थमन्त्रीद्धारा आगामी आर्थिक बर्षको बजेट भाषण सार्वजनिक, आगामी आर्थिक बर्षमा दुई लाख व्यक्तिलाई रोजगारी दिनको लागि १२ अर्ब बजेट, बृद्ध भत्ता बढ्यो

अर्थमन्त्रीद्धारा आगामी आर्थिक बर्षको बजेट भाषण सार्वजनिक, आगामी आर्थिक बर्षमा दुई लाख व्यक्तिलाई रोजगारी दिनको लागि १२ अर्ब बजेट, बृद्ध भत्ता बढ्यो

May 29th, 2021

काठमाडौ, जेठ १५

आगामी आर्थिक बर्ष २०७८–०७९ मा सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत दुुई लाख युवायुवातीहरुलाई प्रत्यक्षरुपमा रोजगारी दिने भएको छ । अर्थमन्त्री बिष्णुु प्रसाद पौडेलले आगामी आर्थिक बर्षको लागि बजेट भाषण सार्वजनिक गर्दे यो कार्यक्रमको लागि १२ अर्ब रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

यसैगरी आगामी आर्थिक बर्षमा हस्तकला, साना तथा मझौला उद्योग आदि क्षेत्रमा सिप बिकास गर्नको लागि ४० करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । यस अन्र्तगत सरकारले आगामी आर्थिक बर्षको एक लाख युवायुवतीहरुलाई तालिम दिने छ । आगामी आर्थिक बर्षदेखि शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँँसम्म कर्जा प्रदान गर्ने भएको छ । शैक्षिक बेरोजगारीलाई कम गर्नको लागि सरकारले आगामी आर्थिक बर्षको न्युुनतम पाँच प्रतिसतको न्युनतम व्याजमा उक्त कर्जा प्रवाह गर्ने जानकारी दिएको हो ।

सरकारले आगामी आर्थिक बर्षमा बृद्ध भत्ता बढाउने भएको छ । सरकारले यसअघि मासिकरुपमा तीन हजार रुपैयाँ बृद्धभत्ता उपलब्ध गराउँदै आएकोमा आगामी आर्थिक बर्षदेखि यस्तो बृद्धभत्ता बढाएर चार हजार रुपैयाँ पुर्याएको छ ।