आधारभूमि संवाददाता
काठमाडौं, जेठ १५
आधारभुमि डट कमका समाचारका प्रभावका कारण भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नं. २ को गत असारमा यात्रुलाई सास्ती नेतालाई मस्ती भन्ने समाचार आधारभुमि डट कमले समाचार लेखेपछि भक्तपुरको सुर्यविनायक नगरपालिको वडा नं. २ को बालकोेटको चक्रलाल श्रेष्ठको घरदेखि गुमोज हुँदै कार्की गाउँ जाने बाटोमा आ.व. ०७७/०७८ बजेट बाट २० लाख बजेट विनियोजित भई ढल सहित ढलान समेत भएको बुझिएको छ ।
साथै जोखिमपूर्ण यात्रा गर्न वाध्य महालक्ष्मी नगरवासी भन्ने आधारभुमि डट कमका समाचारको प्रभावका कारणले ललितपुरको कृष्ण मन्दिर चांगाथलीको १० मिटरको फराकिलो गर्न रोकिएको बाटो तत्कालै पुनः सञ्चालन भएको बुझिएको छ ।