neapl investment mega bank
  • गृहपृष्ठ
  • कमल थापाको दावी– निर्वाचनको विकल्प छैन, संसद पुनःस्थापना भए ओली नै प्रधानमन्त्री

कमल थापाको दावी– निर्वाचनको विकल्प छैन, संसद पुनःस्थापना भए ओली नै प्रधानमन्त्री

May 29th, 2021

काठमाडौं, जेठ १५

राप्रपा अध्यक्ष कमल थापाले अदालतबाट संसद पुनःस्थापना भए फेरि पनि केपी ओली नै प्रधानमन्त्री हुने भन्दै निर्वाचनको विकल्प नरहेको दोहोर्याएका छन् । थापाले चुनाव छाडेर अदालत जानेहरु नै ओलीलाई निरन्तरता दिने बाटोमा रहेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरबाट थापाले संसदीय गणितले ओलीलाई नै पुनःस्थापना भए पनि प्रधानमन्त्री बनाउने दावी गरेका छन् । थापा भन्छन्– ,ओलीले देश वर्वाद पारे भनेर विरोध गर्नेहरू नै ओलीलाई निरन्तरता दिने बाटोमा छन् । चुनाव छाडेर अदालत जानेले बुझ्नुपर्छ, संसद पुनर्स्थापना भएमा पुनस्ओली नै प्रम हुन्छन् । यो भविष्यवाणी होईन,संसदीय गणितले त्यहि भन्छ ।