काठमाडौ, जेठ १४
कोभिड–१९ महामारीसँगैको जारी बन्दाबन्दीले हिँडडुलमा कठिनाइ भइ धेरै बिरामीहरू आफ्नो नियमित स्वास्थ्य परिक्षणका लागि अस्पताल वा चिकित्सकको सम्पर्कमा आउन नसकेको अवस्थालाई मध्यनजर गर्दै मिदासले ‘मेरो डाक्टर’ एपमार्फत अनलाइन भिडियो परामर्श विहीवारदेखि शुरू गरेको छ ।
समयमै उपचार वा परामर्शबाट बन्चित हुनुपर्दा बिरामीहरूको रोग बढी च्यापिसकेको अवस्थामा पुग्ने जोखिमलाई न्यूनीकरण गर्न र बिरामीहरूको चिकित्सक वा अस्पतालसँगको सम्पर्क स्थापित गर्न यो अनलाइन भिडियो परामर्श सेवा प्रभावकारी हुने कम्पनीले विश्वास लिएको छ ।
नेपालका सयौँ कन्सल्टेन्ट डाक्टर र कैयन अस्पताल यस एपमा उपलब्ध हुने हुँदा जुनसुकै रोगका बिरामीहरूले जुनसुकै स्थानबाट अनलाइन भिडियो परामर्श पाउन सक्ने गरी व्यवस्था मिलाइएको मिदास टेक्नोलोजिज्स् प्रा.लिका प्रबन्ध निर्देशक छत्रहरी कार्कीले बताउनुभयो । जारी कोभिड–१९, को बन्दाबन्दीको अवस्थाका अतिरिक्त सामान्य समयमा समेत विशेषज्ञ चिकित्सकहरुले यस एपमार्फत स्वास्थ्य सेवा परामर्श दिन सकिने गरी व्यवस्था मिलाईएको छ । यसबाट स्वयम् विरामीहरुको समय र पैसा दुवैको बचत भइ अस्पतालहरुमा हुने अनावश्यक भीड कम गर्न मुख्य सहयोगी हुने विश्वास कम्पनीले लिएको छ ।
कोभिड महामारीको समयमा मात्र होइन, विशेषज्ञ चिकित्सकसँग एवम् अस्पतालसम्म आइ परामर्श लिन हामीलाई सामान्य समयमा समेत विविध खालका कठिनाई रहेकाछन् । भौगोलिक विकटता एवम् विरामी अस्पतालसम्म जाने अनुकूल अवस्था कुरेरै बस्ने हाम्रो सामान्य प्रचलन छ । यस्तो अवस्थाबाट मुक्तिका लागि र आफ्नो रोगलाई थप बल्झिन नदिन यस्तो अनलाइन भिडियो सेवा उपयोगी हुनेछ । सामान्यतया रोगले च्यापेर थला नपरीकन अस्पताल वा डाक्टरको सम्पर्कमा जान नचाहाने हामी मध्ये अधिकांशलाई यो अनलाइन भिडियो परामर्श अत्यन्तै उपयोगी सिद्व हुनेछ । सामान्य रोगलाई अनलाइन परामर्शबाट नै उपचार गर्न र जटिल बन्न नदिन र उपचार सम्भव हुँदै अस्पताल वा विशेषज्ञ चिकित्सकहरूको सम्पर्कमा जान प्रेरणा प्रदान गर्ने उद्देश्यका साथ यो अनलाइन भिडियो परामर्श सेवाको परिकल्पना गरिएको हो ।
जारी कोभिड–१९ सँग सम्बन्धित सम्पूर्ण स्वास्थ्य परामर्श सवै यस अनलाइन भिडियो परामर्शमा निशूल्क हुनेगरी व्यवस्था मिलाइएको छ ।
यो सेवा कसरी लिने ?
विरामीहरुले आफुसँग रहेका मोबाइल अथवा ल्याप–टप मार्फत आफुले अनलाइन भिडियो परामर्श लिन चाहेको डाक्टरको समय कुनै पनि समय र स्थानबाट लिन सक्नुहुनेछ ।
यदि तपाइ ँएन्ड्रोइड फोन प्रयोगकर्ता हुनुहुन्छ भने गुगल प्ले स्टोरमा गएर सजिलै ‘मेरो डाक्टर’ एप डाउनलोड गर्न सक्नुहुन्छ । यदि तपाई आईओएस फोनप्रयोगकर्ता हुनुहुन्छ भने एप्पल स्टोरमा गएर तुरुन्तै ‘मेरो डाक्टर’ एप डाउनलोड गर्न सक्नुहुनेछ । यदि तपाई ल्याप–टप वा डेस्क–टपबाट यो सेवालिन चाहानुहुन्छ भने सिधै मेरो डट डक्टर डट कम टाइप गरेर यो सेवा लिन सक्नुहुनेछ । यदि माथि उल्लेखित कुनै पनि ग्याजेट तथा इन्टरनेट सुविधातपाईंसँग उपलब्ध भएनन् भने आफुलाई पायक पर्ने नजिकैको फार्मेसी, क्लिनिक तथा स्वास्थ्य चौकीमा पुगेर यो सेवालिन सक्नुहुनेछ । मेरो डाक्टर एप कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा कम्पनीको वेभसाईटले तपाइँलाई थप मद्दत गर्नेछ । तपाइँहरूको सजिलाका लागि यो लिंकमा भिडियो म्यानुअल राखिएको छ ।
मिदास टेक्नोलोजिज्स् प्रा.लिको बारेमाः
विगत दुई दशकदेखि अस्पतालका सेवालाई डिजिटलाइज्ड गर्ने कार्यमा मिदासले सहयोगी भूमिका खेल्दै आएको छ । मिदासले देशभरका एक सय २० भन्दाबढी अस्पतालहरूलाई अस्पतालको व्यवस्थापन पद्वतिमा सहयोग गर्दै आइरहेको छ ।