आधारभूमि संवाददाता
काठमाडौ, १३ जेठ
कोरोना महामारीको जोखिमलाई मद्देनजर गर्दे सरकारले देशैभरका शैक्षिक संस्था बन्द गरेको छ । सरकार कै निर्देशन अनुसार अधिकाँश विद्यालयले विशेष गरी अनलाइनबाट अध्यापन गरिरहेका छन । तर, हचुवाको भरमा भइरहेको अनलाईन कक्षाले विद्यार्थीहरुमा सिकाई भन्दा पनि स्वास्थ्य समस्याहरु ल्याउन थालेको छ ।
काठमाडौमा बसोबास गर्ने सविना बुद्धाचायआफनो छोराका व्यवहार देखेर चिन्तित बन्दै गएकी छिन् । जति बेला पनि टाउको दुख्यो , ढाड दुख्यो भन्छन । चिकित्सकसँग सल्लाह लिउ भने निषेधाज्ञा छ, बाहिर कसरी निस्कने रु त्यतिकै घरमा बसे रोग बल्झिदै जाने हो कि डर भएको छ उनीमा ।
अहिले वैकल्पिक अझ विशेष गरी अनलाइन माध्यमबाट अध्ययन गरिरहेका अधिकाँश विद्यार्थीमा यो समस्या देखिएको छ । शहरी क्षेत्रका विद्यालयहरुले अनलाइन मार्फत अध्यापन गराइरहेका छन् । कुन उमेरका विद्यार्थीलाई कति समयसम्म अनलाइन मार्फत अध्यापन गराउने भन्दा पनि उनीहरु हचुवाको भरमा यस्तो कक्षा संचालन हुदैँ आईरहेका छन् ।
कतिपय विद्यालयले त बिहान १० बजे देखि ३ बजेसम्म कक्षा संचालन गरेका छन । जसका कारण विद्यार्थीहरुमा एकहोरोपन, चिडचिडाहट, टाउको दुख्ने, ढाड दुख्ने जस्ता समस्या देखिन थालेको छ ।
बालमनोचिकित्सकहरुले भने यस्ता बालबालिकालाई यो समस्याबाट जोगाउन विहान उठे उठेदेखि बेलुका सम्म के के गर्ने र भन्दै रुटिन बनाउनुका साथै उनीहरुको दैनिकीमा परिवर्तन ल्याउन डा। अरुण कुवँर सुझाव दिन्छन् ।
सामान्यतया बालबालिका यो उमेरमा हाँस्न, खेल्न, अनि डुल्न मन पराउँछन् । तर महामारीका कारण बहिर निस्कने अवस्था छैन । त्यसैले बालबालिकालाई समय मै उठ्ने, दैनिक १५ देखि २० मिनेट सम्म ध्यान, योगाभ्यासका साथै उसको रुचीको क्रियाकलाप गर्न परिवारले पे्ररीत गर्नु पर्ने उनको भनाई छ ।
समय र परिस्थीति जस्तोसुकै भएपनि बालबालिका भविष्यका कर्णधार हुन् । स्वास्थ्यभन्दा महत्वपुर्ण अरु केही हुन सक्दैन । त्यसैले अभिभावकहरुले आफ्नो बच्चामा आईरहेको परिवर्तनलाई गम्भिरताका साथ लिई उनीहरुलाई सहज ढंगबाट सिकाईका लागि अभिप्रेरित गर्नु पर्ने देखिन्छ ।।