neapl investment mega bank
  • गृहपृष्ठ
  • सन्नी सगरमाथा समाजले २० जना अति विपन्नलाई राहत वितरण गर्यो

सन्नी सगरमाथा समाजले २० जना अति विपन्नलाई राहत वितरण गर्यो

May 27th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, जेठ १३

कोभिड १९ को दोश्रो भेरियन्टको महामारीबाट पिडित महालक्ष्मी नगरपालिका वडा नं. ७ का अति विपन्न, अशक्त, एकल महिला, आमा बाबु गुमाएका २० जनालाई आज राहत वितरण गरेको छ ।

राहतमा २५ के.जी. चामल, दाल ३ के. जी., चीनी १ के. जी, तेल २ लिटर, नुन १ पाकेट, मास्क समेत शन्नी सगरमाथा समाज क्यालिफोनिया USA का निवर्तमान अध्यक्ष ईश्वर सापकोटाले नेपालको हरिमाई फाउण्डेशन बौद्धका अध्यक्ष प्रकाश तिमिल्सिनाको सहकार्यमा महालक्ष्मी नगरपालिकाकी स्काउट संयोजक मुना खनालले राहत वितरण व्यवस्था मिलाएकी थिइन् । राहत वितरण महालक्ष्मी नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष नकुल थापाको रोहवरमा भएको थियो ।