neapl investment mega bank
  • गृहपृष्ठ
  • थप ६ हजार ७१४ जनामा कोरोना सङ्क्रमण, ६७१६ डिस्चार्ज,१४५ को मृत्यु

थप ६ हजार ७१४ जनामा कोरोना सङ्क्रमण, ६७१६ डिस्चार्ज,१४५ को मृत्यु

May 26th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, ७ जेठ

बुधवार थप ६ हजार ७१४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १९ हजार ३ सय ५२ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या पाँच लाख ३५ हजार ५२५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १९ हजार ३ सय ५२ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या ८५३ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार ७७ जना छन् । हालसम्म २९ लाख ७७ हजार ६५० जनाको पीसीआर परीक्षण गरिएको छ।

थप ६७१६ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ६७१६ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या चार लाख ११ हजार ६०३ पुगेको छ ।

थप १४५ को मृत्यु

पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या छ हजार ८४५ पुगेको छ।