आधारभूमि संवाददाता
काठमाडौं, जेठ १२
उच्च शिक्षा पढेर कामको खोजिमा रहेकाहरुलाई उद्यम गराउने भन्दै सरकारले यस्ता युुवालाई बैंकमार्फत ऋण दिने व्यवस्था गरेको छ । तर प्रतिब्यक्ति सात लाख सम्म पाइने यस्तो कर्जा अहिलेसम्म जम्मा १ सय ३९ जनाले मात्रै प्राप्त गरेका छन् । दुइृ वर्षमा जम्मा यति सानो संख्यामा मात्रै लाभान्वीत हुनुले यो योजना खास प्रभावकारी हुन नसकेको देखिन्छ ।
सरकारले दुई वर्ष अघि प्रमाणपत्र राखेकै भरमा ऋण पाइने बजेटमा व्यवस्था गरेको हो । जसमा ५ प्रतिशत ब्याज सरकारले नै तिरिदिने यस्तो कर्जा लिएर उद्यम गर्न सकिन्छ ।
यस्तो कर्जा लिनका लागि स्नातक तह उत्तिण गरेको र ४० वर्ष ननाघेको हुनुपर्छ । त्यस्तै उच्च शिक्षाका साथ सिप बिकास तथा तालिम केन्द्रबाट सात दिनको तालिम लिएको पनि हुनु आवश्यक छ । र, यस्तो कर्जा ५ वर्ष सम्म प्रयोग गर्न सकिन्छ । यो आयोजनाको जोखिम हटाउन सरकारले नै आयोजनाको बिमा समेत गरिदिन्छ ।
बिमामा ऋणीले ७५ प्रतिशत रकम तिरेपुग्छ अन्य रकम सरकारले तिरिदन्छ । उच्च शिक्षा हासिल गर्दैमा व्यवसाय गर्ने नयाँ योजना बनाउन सक्छन् भन्ने छैन । त्यसमाथि निजी बैंकहरु यस्तो कर्जामा उदासिन नै छन् ।
लिएका ऋणीहरुले सरकारले प्रदान गरेको यो रकम अत्यन्तै न्युन भएको र थप यस्तो कर्जा बढाउन उच्च शिक्षा हासिल गरेकाहरुलाई व्यवसाय गर्ने तालिम ब्यापक रुपमा बढाउनु पर्ने बताउँछन् ।
आधार दरमा दुई प्रतिशतभन्दा बढि ब्याज लिन नपाइने सरकारले व्यवस्था गरेको छ । अहिले बैंकहरुको औसत आधार दर ६ दशमलव नौ एक भएकाले यस्तो कर्जा ९ प्रतिशत भन्दा माथि नहुने देखिन्छ । यसमा पाँच प्रतिशत सरकारले अनुदान दिने भएकाले ४ प्रतिशत मात्रै ब्याज तिरे पुग्छ । तर के कस्तो व्यवसाय गर्ने भनेर उचित योजना बिद्यार्थिले प्रवाह गर्न नसक्दा यो कर्जा खासै प्रभावकारी भएको छैन ।
राष्ट्र बैंकका अनुसार यो वर्षको चैतमसान्तसम्म यस्तो कर्जा जम्मा ६ करोड ५ लाख मात्रै गएका छन् । जम्मा १ सय ३९ जना यस्तो कर्जाबाट लाभान्वीत भएका छन् । नक्कली आयोजना पेश गरेर ऋण लिन खाज्नेहरुको पनि बर्चस्व छ । जसले पनि सहुलियत पुर्णकर्जा बितरणमा समस्या पारेका बैंकर्स बताउँछन् ।
प्रचारमुखि कार्यक्रम बजेटमा घोषणा गर्ने तर त्यसको कार्यान्वयनका लागि ध्यान नदिने गरेकाले नै लक्षित समुहले यसको लाभ लिन नसकेको हो । यस्तो कर्जा प्रदानमा बैंकलाई बाध्य पार्ने र युवालाई नयाँ व्यवसाय गर्ने तालिम पनि प्रदान ब्यापक रुपमा बढाउन जरुरी छ ।