neapl investment mega bank
  • गृहपृष्ठ
  • महालक्ष्मी नगरपालिका ७ मा ७८ जना एन्टीजेन पि.सी. आर. परिक्षण गर्दा १८ जनामा कोरोना पोजिटिभ

महालक्ष्मी नगरपालिका ७ मा ७८ जना एन्टीजेन पि.सी. आर. परिक्षण गर्दा १८ जनामा कोरोना पोजिटिभ

May 25th, 2021

आधारभूमि संवाददाता

ललितपुर जेष्ठ ११

जिल्ला जनस्वास्य कार्यालय ललितपुर अन्तर्गत महालक्ष्मी नगरपालिका वडा नंं. ७ मा कोभिड १९ ले कोरोना पोजिटिभ भई मृत्यु तथा होम आइसुलेनमा बसेका परिवारहरु मध्ये जम्मा ७८ जना एन्टीजेन पि.सी. आर. परिक्षण मध्ये १८ जना कोरोना पोजिटप रिपोर्ट भएको चांगाथली जनस्वास्थ्य कार्यालय प्रमुख अजय केशरीले बताए ।

पि.सी. आर. परिक्षणमा ल्याव टेक्निसियन रितादेवी भट्टराई पाठक र असिष्टेन्ट ल्याव टेक्निसियन नारायणी श्रेष्ठ, महालक्ष्मी नगरपालिका स्काउटर संयोजक मुना खनाल, महालक्ष्मी नगर वडा सदस्य दामोदर पौडेल, स्वास्थ्य स्वयम सेवीका जयन्ती कार्की लगायत स्थानीय युवा युवतीहरुको सहयोगमा भएको केशरीले आभारभूमिलाई जानकारी गराए ।