neapl investment mega bank

नेप्सेमा छ अंकले गिरावट

May 25th, 2021

काठमाडौ, जेठ ११

नेप्सेमा गिरावट आएको छ । नेप्से आज छ दसमलव पाँच अंकले घटेर २८ सय १६ दसमलव ५६ अंकमा झरेकोमा सेन्सिटिभ पनि चार दसमलव ५१ अंकले घटेर पाँच सय तीन दसमलव ९९ अंकमा झरेको छ । आज दुुई सय १९ वटा कम्पनीहरुको एक लाख १२ हजार एक सय ४८ पटकको कारोवारमा दुुई करोड ३४ लाख ६५ हजार छ सय ७५ कित्ता सेयर किनबेच भएकाछन भने कारोवार रकम ११ अर्ब १३ करोड ३३ लाख ९८ हजार एक सय रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा छ वटा समुहको सुचक बढेकाछन भने सात वटा समुहको सुचक घटेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक २५ दसमलव ५७ अंकले घटेर १८ सय ६३ दसमलव ५२ अंकमा पुग्दा बिकास बैंक, फाईनान्स, उत्पादनमुुलक, होटल तथा पर्यटन, अन्य र लगानी समुहहरुको सुचक पनि घटेकाछन । टे«डिङ समुहको सुचक भने आज ४० दसमलव २५ अंकले बढेर चार हजार एक सय ८७ दसमलव ७६ अंकमा पुग्दा जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, लघुबित्त र सामुुहिक लगानी कोष समुहको सुचक भने बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा बरुण हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा मल्टीपर्पोस फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अरुण कावेली पावर लिमिटेड परेको छ ।