neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • एक सय किलो अवैध लागूऔषध गाँजा सहित एम्बुलेन्स चालक समेत दुई जना पक्राउ

एक सय किलो अवैध लागूऔषध गाँजा सहित एम्बुलेन्स चालक समेत दुई जना पक्राउ

May 25th, 2021

सुनसरी, जेठ ११

धरान उपमहानगरपालिका–२ स्थित सडकबाट को.१ च ५५५९ नम्बरको एम्वुलेन्समा ल्याउँदै गरेको १ सय किलो अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ सहित दुुई जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा उक्त एम्बुलेन्स चालक धरान उपमहानगरपालिका–१५ बस्ने ३६ वर्षीय बल बहादुर लिम्बु र सोही उपमहानगरपालिका–११ बस्ने धनकुटा सहिदभूमि गाउँपालिका–१ घर भएका २८ वर्षीय पोशन राई रहेका छन् ।

धनकुटा भेडेटारबाट धरानतर्फ आउँदै गरेको उक्त एम्बुलेन्सलाई प्रहरीले जाँच गर्ने क्रममा एम्बुलेन्स पछाडीको भागमा ४ वटा झोलामा रहेको उक्त परिमाणको गाँजा सहित फेला पारी पक्राउ गरेको हो । उनीहरु उपर लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय धरान सुनसरीले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi