काठमाडौँ, १० जेठ /रासस
सरकारले कोभिड–१९ को विरुद्धको खोपका लागि विभिन्न खोप उत्पादक मुलुकसँग पत्राचार गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्याका अनुसार अमेरिका, रुस, बेलायत, चीन र भारत लगायत खोप उत्पादक मुलुकसँग खोप ल्याउन औपचारिक पत्र पठाइएको छ ।
मन्त्रालयद्वारा आज आयोजित भर्चुअल पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले ती मुलुकका स्वास्थ्यमन्त्रीलाई सम्वोधन गर्दै करिव ५० लाख खोप खरीद गर्न सरकार इच्छुक भएको जानकारी दिनुभयो ।
ती मुलुकमध्ये केहीले पत्रको जवाफ दिएका र केहीले दिन बाँकी रहेको उहाँको भनाई छ । “खोप उत्पादक देशसग व्यक्तिगत, राजनीतिक र कुटनीतिक पहल भइरहेको छ,” उहाँले भन्नुभयो, “यसैले खोप चाँडै आउँछ ।”उहाँले अन्तराष्ट्रिय बजारमा खोप नभएकोले आउन ढिलाई भइरहेको जानकारी दिनुभयो ।
मन्त्री त्रिपाठीले युरोपियन युनियसँंग मौज्दात रहेको खोप ल्याउनेबारे पनि छलफल भइरहेको समेत जानकारी दिनुभयो । अहिले भारत सरकारले १० लाख मात्रा कोभिशिल्ड, चीन सरकारले आठ लाख मात्रा भेरोसेल र कोभ्याक्स सुविधा मार्फत तीन लाख ४८ हजार कोभिशिल्ड अनुदानमा र १० लाख कोभिशिल्ड खोप खरीद गरेको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म २६ लाख ६५ हजार ९८७ ले पहिलो मात्रा र पाँच लाख ५३ हजार ५८९ जनाले दोस्रो मात्राको खोप लगाइसकेका छन् । मन्त्री त्रिपाठीले अवको चार हप्तामा सङ्क्रमण घट्दै जाने बताउनु भएको छ । विगत केही दिनदेखि सङ्क्रमण घट्दै गएकाले आगामी चार हप्तामा घट्ने उहाँको भनाई रहेको छ । उहाँले सरकारले निषेधाज्ञा जारी गरेपनि जनस्वास्थ्यका मापदण्ड लागु नभएको बताउनुभयो ।
मन्त्री त्रिपाठीले कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न सरकारले भौतिक पूर्वाधार पनि उल्लेखनिय रुपमा जोडिएको जानकारी दिनुभयो । उहाँका अनुसार भेन्टिलेटर ५७७ थप गरिएको र १०४ वटा थप्ने क्रममा रहेको छ ।
यस्तै सघन उपचार कक्ष ९आइसियु० ४०० थप गरि तीन हजार पु¥याइएको र ६३० थप्ने योजना रहेको छ । हाइ डिपेन्डेन्सी युनिट ९एचडियु० दुई हजार २७५ सरकारी र नीजि अस्पतालमा ७७८ थपिएको तथा ४०० थप गर्ने योजना रहेको छ । मन्त्री त्रिपाठीले विज्ञले स्वास्थ्य सङ्कटकाल लगाउनेबारे दिएको सुझावलाई मन्त्रालयले सकारात्मक रुपमा लिएको जानकारी दिनुभयो
सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणक लागि देशभरका १५७ अस्पताललाई सूचीकृत गरि उपचार गरिरहेको छ । तिमध्ये ४५ वटा निजी अस्पतालबाट कोभिड–१९ संक्रमित बिरामीको निःशुल्क उपचार गरिरहेको छ । मन्त्री त्रिपाठीले गत वैशाखमा मात्रै कोभिड–१९ बिरामीको निःशुल्क उपचार गरेबापत ४५ करोड रुपैयाँ अस्पतालहरुलाई शोध भर्ना गरेको जानकारी दिनुभयो ।
अक्सिजन अभाव कम
मन्त्रालयले अक्सिजनको अभाव विस्तारै कम भइरहेको जनाएको छ । उहाँले सङ्क्रमितको उपचारका लागि अक्सिजनको व्यवस्थापन विस्तारै सहज भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार ३२ अस्पतालमा अक्सिजन प्लान्ट रहेकोमा थप १९ अस्पतालमा थप्ने योजना मन्त्रालयको रहेको जानकारी दिनुभयो ।यस्तै तरल अक्सिजन तीन अस्पतालमा भएपनि मन्त्रालयले थप २७ मा जोड्ने तयारी रहेको छ ।
सङ्क्रमणको दोस्रो लहर आइसकेपछि सरकारले ९०० अक्सिजन कन्सन्ट्रेटर र पाँच हजार अक्सिजन सिलिण्डर ल्याएको छ मन्त्रालयका सचिव लक्ष्मण अर्यालले अहिले हप्तामा ७० देखि ८० टन तरल अक्सिजन ल्याइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार पहिला २० टन मात्र आउने गरेका थियो । उहाँले अवको केही दिन सय टन तरल अक्सिजन भारत लगायत मुलुकबाट ल्याउने बताउनुभयो ।
मन्त्रालयले १६ हप्ता पुगेपछि कोभिशिल्डका दोस्रो मात्रा खोप दिइने जनाएको छ । मन्त्रालयका विशेषज्ञ डा रोशन पोखरेलले भारतले पठाएको नयाँ मापदण्ड अनुसा १२ देखि १६ हप्तासम्ममा दोस्रो मात्रा दिइने अनुसार खोप लगाउने तयारी भइरहेको बताउनुभयो । अहिले सरकारसंग कोभिशिल्डको खोप ९० हजार मात्रा छ ।