काठमाडौ, जेठ १०
एभरेष्ट इन्स्योरेन्स कम्पनीको २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले आज सोमबार कम्पनीको प्रधान कार्यालय, हात्तिसार, काठमाडौंमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
दिउसो २ः०० बजे शुरु भएको सभामा कम्पनीका संचालक समितिका अध्यक्ष राजिव सापकोटाले कम्पनीको वर्तमान गतिविधि, कम्पनीका भावी योजना तथा रणनीति सम्बन्धमा आफ्नो मन्तब्य राख्नु भएको थियो ।
कम्पनीको २६ औं वार्षिक साधारण सभाले सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको आठ प्रतिशतको दरले बोनस सेयर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि चुक्ता पूँजीको शुन्य दसमलव ४२ प्रतिशतको रकम बराबरको नगद लाभांस पारीत गर्नुका साथै अन्य सामान्य तथा विषेश प्रस्ताव समेत सर्वसम्मतीले पारित गरेको छ ।