आधारभूमि संवाददाता
काठमाडौं, जेठ १०
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले दोस्रो लहरको कोरोना फैलिए संगै यो वर्षको एसईई परीक्षा भौतिक रुपमा गर्ने सम्भावना न्युन रहेको बताएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले शिक्षा तथा मानव स्रोत विकाश केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालको संयोजकत्वमा गठित समितीले प्रतिवेदनको आधारमा परीक्षाको मोडालिटिको बारेमा निर्णय हुने जानकारी दिएको छ । विद्यार्थी संगठन अनेरास्ववियुको ज्ञापन पत्र बुझ्ने क्रममा मन्त्री श्रेष्ठले सो जानकारी दिएका हुन् ।
१३ बुँदे ज्ञापन पत्र बुझाउने क्रममा मन्त्री श्रेष्ठले कक्षा १२ र एसईई परीक्षाको विषयमा मन्त्रालयले केही दिनमै जानकारी दिने मन्त्री श्रेष्ठले बताए ।
साथै उनले सरकारले आर्थिक वर्ष २०७८ ०७९ को बजेटमा शिक्षाको बजेटमा हेरफेर बारे छलफल भईरहेको बताए । उनले अनलाइन कक्षाको कारण विद्यार्थीलाई पढ्ने र अनलाइन माध्यमबाटै परिक्षा दिने व्यवस्था भएको जानकारी समेत दिए