neapl investment mega bank
  • गृहपृष्ठ
  • अनलाइन बाट फर्म भर्न र पैसा तिर्न त्रिविको आग्रह

अनलाइन बाट फर्म भर्न र पैसा तिर्न त्रिविको आग्रह

May 24th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, जेठ १०

त्रिभुवन विश्वविद्यालयले बार्षिक परीक्षा प्रणाली अनुसार स्नातक तह वार्षिक परिक्षा आवेदन फर्म अनलाईन बाट भर्न सकिने छ ।

आईतवार परिक्षा नियन्त्रक कार्यालयले सुचना जारी गर्दै आवेदन फर्म कोभिडका कारण स्थगित गरिएकोमा अनलाईनबाट भर्न मिल्ने जानकारी गराएको हो ।

२०७८ साल जेठ १० देखि जेठ २० सम्म क्याम्पसमा संकलन भएका आवेदन फर्महरु सम्वन्धित क्याम्पसबाट भराउने र आवेदन फारम छुट भएका विद्यार्थीहरुको आवेदन फारम छुट भएका आवेदन जेठ १२ गते बाट २० गते सम्म अनलाइन बाट परिक्षा स्वयंमले भर्न सक्नेछन् । विज्ञप्तीमा भनिएको छ, क्यामपस र परीक्षार्थीबाट भरिएका सम्पुर्ण फारामहर क्याम्पसले रुजु गरी सीको रकम भुक्तानी गरी २०७८ जेठ २३ सम्म ईन्ट्री गरि सक्नुपर्ने छ । फारम भर्नका लागि
 www.Tueexam.edu.np मा गएर भर्न सकिने छ । उक्त वेबसाईट २४ जेठमा बन्द हुने छ ।