neapl investment mega bank
  • गृहपृष्ठ
  • महालक्ष्मी विकास बैंकको आकर्षक ब्याजदरको वैभब बचत खाता

महालक्ष्मी विकास बैंकको आकर्षक ब्याजदरको वैभब बचत खाता

May 24th, 2021

काठमाडौ, जेठ १०

महालक्ष्मी विकास बैंकले आफ्नो २७ औं वार्षिक उत्सवको सप्ताहव्यापी कार्यक्रमको अवसरमा आकर्षक वार्षिक ५.५० प्रतिशत ब्याजदरको वैभब बचत खाता सञ्चालनमा ल्याएको छ । कुनैपनि शाखा कार्यालयमा उपस्थित नभई आफू रहेको स्थानबाट नै आफ्नो नजिकैको शाखामा अनलाइनमार्पmत ग्राहकहरुले सजिलै यो खाता खोल्न सक्नेछन् ।

उच्चतम प्रतिफल प्राप्त गर्न सकिने वैभब बचत खातामा मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डिम्याट र मेरो शेयर जस्ता आवश्यक सुविधाहरुमा प्रथम बर्षको लागि शत् प्रतिशत छुट प्रदान गरिएको छ । त्यस्तै उक्त खातामा लकर सुविधामा ५० प्रतिसत छुट दिनुका साथै कनेक्ट आईपिएसको सुविधा पनि रहेको छ ।

बैंकले यस विषम परिस्थितिमा सम्पुर्ण ग्राहकहरुलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपिएस, क्यु आर कोड लगायतका विद्युतीय बैंकिङ्ग सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफु बच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ ।