neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

पीएसजीको जितसंगै सिजनको दु:खद अन्त्य

May 24th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ,जेठ १०

फ्रेन्च लिग वान फुटबलमा पीएसजीले अन्तिम खेलमा दु:खद अन्त्य गरेको छ । आइतबार भएको खेलमा पीएसजीले ब्रेस्टलाई २-० गोलले पराजित गरेको हो ।

पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले एक गोल गरे । पीएसजीले एक गोल आत्मघाती उपहार पाएको थियो ।

खेलको ३७ औँ मिनेटमा ब्रेस्टका रोमेनको आत्मघाती गोलबाट पीएसजीले अग्रता लिएको थियो ।

त्यसपछि दोस्रो हाफको ७१ औँ मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।

जितसंगै पीएसजीले सिजनको दु:खद अन्त्य गरेको छ ।लिगमा ३८ खेल खेलेको रियलले ८२ अंक जोड्न सफल भयो।

लिलीले उपाधि उचाल्न सफल भयो।लिलीले पीएसजीलाई १ अंकले पछि पार्दै फ्रेन्च लिग वानको उपाधि जितेको हो ।लिगमा ३८ खेल खेलेको लिलीले ८३ अंक जोड्न सफल भयो।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi