neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

अन्तिम खेलमा मिलानको सानदार जित

May 24th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,जेठ १०

इन्टर मिलानले इटालियन सिरी (ए)फुटबलको अन्तिम खेलमा सानदार जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा मिलानले उडीनेजेलाई ५-१ गोलले पराजित गरेको हो ।

मिलानलाई जित दिलाउन एस्ले योङ,क्रिश्चियन एरिक्सन, लाउटरो मार्टिनेज,इवान पेरिसि र रोमेलु लुकाकूले एक-एक गोल गरे ।उडीनेजेका रोबर्टो पेरेराले एक गोल फर्काए ।

खेलको आठौं मिनेटमा एस्ले योङले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।खेलको ४४ औं मिनेटमा क्रिश्चियन एरिक्सनले गोल गर्दै टोलीलाई २-० ले अघि बढाए।

दोस्रो हाफको ५५ औं मिनेटमा लाउटरो मार्टिनेजले पेनाल्टीमा गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।

खेलको ६४ औं मिनेटमा इवान पेरिसिले गोल गर्दै टोलीलाई ४-० ले अघि बढाए।त्यस्तै ७१ औं मिनेटमा रोमेलु लुकाकूले गर्दै टोलीलाई ५-० ले अघि बढाए।

खेलको ७१ औं मिनेटमा उडीनेजेका रोबर्टो पेरेराले एक गोल फर्काएका थिए ।

त्यसपछि कुनै गोल हुन सकेन र इन्टर मिलानले जित निकालेको हो ।

जितसंगै इन्टर मिलानले ट्रफी उचालेको छ ।मिलानले यस अघि नै चार खेल अगावै इटालियन सिरी ए फुटबलको उपाधि जितिको हो ।लिगमा ३८ खेल खेलेको मिलानले ९१ अंक जोड्न सफल भयो।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi