neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

अन्तिम खेलमा सिटीको सानदार जित

May 24th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,जेठ १०


इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले अन्तिम खेलमा सानदार जित निकालेको छ । गएराति भएको खेलमा सिटीले एभरटनलाई ५-० गोलले पराजित गरेको हो ।

सिटीलाई जित दिलाउन सर्जियो अगुएरोले दुई गोल गरे ।त्यस्तै केविन डी ब्रुएन,गेब्रियल जिसस र फिल फोडेनले एक-एक गोल गरे ।

खेलको ११ औं मिनेटमा केविन डी ब्रुएनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।खेलको १४ औं मिनेटमा गेब्रियल जिससले गोल गर्दै टोलीलाई २-० ले अघि बढाए।

दोस्रो हाफको ५३ औं मिनेटमा फिल फोडेनले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।

खेलको ७१ औं मिनेटमा सिटीका सर्जियो अगुएरोले गोल गर्दै टोलीलाई ४-० ले अघि बढाए।

त्यसपछि खेलको ७६ औं मिनेटमा सर्जियो अगुएरोले व्यक्तिगत तेस्रो गोल गर्दै टोलीलाई ५-० को जित दिलाए ।

जितसंगै सिटीले पाँचौं पटक इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ ।सिटीले तीन खेल बाँकी छहदै उपाधि जितेको हो ।लिगमा ३८ खेल खेलेको सिटीले ८६ अंक जोड्न सफल भयो।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi