neapl investment mega bank
  • गृहपृष्ठ
  • थप ७ हजार ९१४ जनामा कोरोना सङ्क्रमण, १९३ को मृत्यु

थप ७ हजार ९१४ जनामा कोरोना सङ्क्रमण, १९३ को मृत्यु

May 23rd, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, ७ जेठ

शुक्रबार थप ७ हजार ९१४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १९ हजार ९ सय २६ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या पाँच लाख १३ हजार २४१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १९ हजार ९ सय २६ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या ८७३ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५४७ जना छन् । हालसम्म २९ लाख १६ हजार ४६८ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप ७६६४ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ७६६४ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या तीन लाख ९१ हजार ३४८ पुगेको छ ।

थप १९३ को मृत्यु

पछिल्लो २४ घण्टामा १९३ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या छ हजार ३४६ पुगेको छ।