आधारभूमि संवाददाता
लतिलतपुर, ९ जेठ
कोभिड विरुद्धको खोप दोश्रो चरण अन्तर्गत महालक्ष्मी नगरपालिकाले वडा नं.७ ले लगाउन शुरु गरेको छ । जेष्ट ९ गते विहान १० बजे देखि महालक्ष्मी नगरपालिका वडा नं. ७ को नयाँ भवनमा चाइनिज खोप भेरो सेल दोश्रो खोप १९१ जनाले लगाएको चांगाथली स्वास्थ्य कार्यालय इन्चार्ज अजय केशरीले आधारभुमिलाई बताउदै भोली पनि महालक्ष्मी नगरपालिका वडा नंं.७ को नयाँ भवनमा विहान १० बजे ४ बजे सम्म हुने र पसीै २ दिन ११ र १२ गते चाँदनी व्यांञ्केटमा दोश्रो भेरो सेल खोप विहान १० बजे देखि ४ बजे सम्म खोप लगाइने महालक्ष्मी नगरपालिका वडा नं.७ की महिला नगर सदस्य रेश्मा कार्कीले बताइन् ।
खोप कार्यक्रममा सामाजिक दुरी पालना गरी वरपर स्यानीटाइजर गरी आयोजना गरिएको थियो
। कार्यक्रममा सामाजिक अभियन्ता मुना खनाल, लुभु प्रहरी प्रभागका प्रहरीहरु, नगर सदस्यहरु दामोदर पौडेल लगायत स्थानीय युवा युवतीहरुको पनि सक्दो सहयोग गरेका थिए ।