neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • ला लिगा फुटबलको उपाधि एट्लेटिको मड्रिडलाई

ला लिगा फुटबलको उपाधि एट्लेटिको मड्रिडलाई

May 23rd, 2021

आधारभूमि संवाददाता

काठमाडौँ,जेठ ९

एट्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनल खेलमा भ्लाडोलिडलाई २-१ ले पराजित गर्दै एट्लेटिको मड्रिडले उपाधि उचालेको हो ।

एट्लेटिकोलाई जित दिलाउन एन्जल कोरिया र लुइस सुआरेजले एक-एक गोल गरे ।भ्लाडोलिडका ओस्कर प्लानोले एक गोल गरे ।

खेलमा पहिलो अग्रता भ्लालाडोलिडले लिएको थियो । खेलको १८ औँ मिनेटमा ओस्कर प्लानोले गोल गर्दै भ्लाडोलिडलाई सुरुवाती अग्रता दिलाएका थिए ।तर,५७ औँ मिनेटमा एट्लेटिकोका एन्जल कोरियाले गोल गर्दै खेल बराबरीमा फर्काए ।

त्यसपछि खेलको ६७ औं मिनेटमा एट्लेटिकोका लुइस सुआरेजले गोल गर्दै टोलीलाई २-१ को जित दिलाए ।

जितसंगै एट्लेटिकोले ११ औं पटक ला लिगा फुटबलको उपाधि जितेको छ ।यस अघि एट्लेटिकोले सन् २०१४ मा उपाधि जितेको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi