आधारभूमि संवाददाता
काठमाडौँ, ७ जेठ
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रपति समक्ष पेश भएका दुवै दावी जालिरकिर्ते हुन्, खारेज गरि चुनाव घोषणा गर्न राष्ट्रपतिलाई आग्रह गरेका छन् । अध्यक्ष थापाले सामाजिक सञ्जालमा लेख्नु हुन्छ ” राष्ट्रपति महोदय, दुवै दावीमा संविधानको धारा ७६(५) अनुसार बिश्वासको मत प्राप्तगर्नेु आधार छैन । दुवै जालीरकिर्ते हुन् । दुवै खारेज गरी संविधान बमोजिम चुनाव घोषणा होस् । यिनीहरूले संघीय गणतन्त्रलाई गाईजात्रामा परिणत गरे, लोकतन्त्रको नाममा ब्रम्हलुट गरे । अब जनतालाई विकल्प खोज्ने अवसर दिनुपर्छ।