neapl investment mega bank

अनलाइनबाटै वार्षिक परिक्षा शुरु

May 21st, 2021

आधारभूमि संवाददाता

काठमाडौ, जेठ ७

काठमाडौँ महानगरपालिका भित्रका विद्यालयहरुले वैकल्पिक माध्यमबाट वार्षिक परीक्षा लिन शुरु गरेका छन । महानगरपालिकाले गत साता जुन सुकै माधयमबाट भएपनि जेठ २० गते सम्म वार्षिक परीक्षा लिन निर्देशन दिएपछि विद्यालयहरुले वैकल्पिक माध्यमबाट परीक्षा लिन थालेको हुन ।

कक्षा ७ मा अध्ययनरत निशा रिमाल अहिले वार्षिक परीक्षा दिनमा व्यस्त छिन । एक हातमा मोबाइल र अर्को हातमा उत्तर पुस्तिका सहित क्यलकुलेटर लिएर परीक्षा दिनु उनको लागि नौलो अनुभव भएको बताउँछिन् । तर इन्टरनेटको गुणस्तर राम्रो नहुँदा परीक्षा दिन समस्या भएको उनको भनाई छ ।

नेपालमा संक्रमणको दर लगातार बढन थालेपछि पछिल्लो तीन साता देखि निषेधाज्ञा नै जारी छ । यस्तोमा विद्यार्थीको शैक्षिक सत्र खेर नजाओस भन्दै काठमाडौ महानगरपालिकाले जुन सुकै माध्यमबाट भएपनि वार्षिक परीक्षा संचालन गर्न निर्देशन दिए पछि अहिले महानगरका विद्यालयहरु वार्षिक परीक्षा लिनमा व्यस्त छन ।

कतिपय विद्यालयले जुम , माइक्रोसोफ्ट टीम लगायतका एप प्रयोग गरेका छन, भने कतिपयले टेलिफोन कै माध्यमबाट भएपनि परीक्षा संचालन गरेका छन । त्रैमासिक परिक्षा, प्रयोगात्मक र कक्षा कोठामा उपस्थिती भएको आधारमा प्रश्न प्रत्र पठाई परीक्षा लिन सुरु गरेको विद्यालय प्रशासका प्रधानाध्यापक हेरम्वराज कँडेलको भनाई छ ।

कोरोना महामारीले विश्वमा ठुलो क्षति गरेको भएपनि यसले मानव सभ्यतालाई नयाँ कुरा सिकाएको छ । अहिले विश्व नै डिजिटल प्रविधि तर्फ गएको छ । शिक्षा क्षेत्रमा समेत यसले ठुलै परिवर्तन ल्याएको छ ।