neapl investment mega bank
  • गृहपृष्ठ
  • महालक्ष्मी विकास बैंकको “महालक्ष्मी स्मार्ट साथमा, बैंकिङ्ग आफ्नै हातमा” योजना सार्वजनिक

महालक्ष्मी विकास बैंकको “महालक्ष्मी स्मार्ट साथमा, बैंकिङ्ग आफ्नै हातमा” योजना सार्वजनिक

May 21st, 2021

काठमाडौ, जेठ ७

महालक्ष्मी विकास बैंक आफ्नो २७ औं बार्षिक उत्सवको अवसरमा कोभिड १९ को संक्रमण जोखिमलाई न्यूनिकरण गर्न डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यले “महालक्ष्मी स्मार्ट साथमा, बैंकिङ्ग आफ्नै हातमा” योजना सञ्चालनमा ल्याएको छ ।

बैकका अनुससार यो योजना अन्तर्गत हालसम्म महालक्ष्मी मोबाईल एप प्रयोग नगरेका ग्राहकहरुले जेष्ठ ७ गते देखि २७ दिनसम्म महालक्ष्मी स्मार्ट डाउनलोड गरेर पहिलो कारोबार गर्दा आफ्नो खातामा बैंकको तर्फबाट एक सय रुपैयाँ प्राप्त गर्न सक्नेछन् । बैंकले यस विषम परिस्थितिमा सम्पुर्ण ग्राहकहरुलाई मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपिएस, क्यु आर कोड लगायतका विद्युतीय बैंकिङ सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफु र अरुलाई सुरक्षित राख्न अनुरोध गरेको छ ।