आधारभूमि संवाददाता
काठमाडौं, जेठ ७
अब सेयरबजार बारे मनलाग्दी बोलेमा जेलसम्म जानुपर्नेछ । बजार प्रंभावित गर्नेगरि अभिब्यक्ति दिएमा धितोपत्र बोर्डले डेढ लाख सम्म जरिवाना र एक वर्र्षसम्म कैद गर्नसक्छ ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ ले कसैलाई धितोपत्र कारोवारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न किन्न वा बेच्न उत्साहित गराउन बर्जित गरेको र सो गरेमा धितोपत्र कारोवार सम्बन्धी कसूर गरेको मानिने व्यवस्था छ । यस्तो कसुर गरेमा ५० हजार देखि डेढ लाख सम्म जरिवाना र कैद पनि हुनसक्छ ।
कसुर हेरे रकम थपघट हुनसक्छ । साथै डेढ लाख सम्म जरिवाना र एक वर्ष कैद दुबैपनि गर्न सक्ने कानुनमा छुट छ ।
‘ धितोपत्र बजारलाई प्रभावित पार्ने कार्यहरु हुन नदिन बोर्ड सचेत रहेको र त्यस्ता घटनालाई नजिकबाट नियालिरहेकोले हाललाई त्यस्तो कार्य नगर्न नगराउन सबैलाई सूचित गरी सूचना प्रकाशन गरिएको छ । ’ बोर्डले बिहिबार जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
बिहिबार एक प्रेस बिज्ञप्ती मार्फत बोर्डले अन्य देशमा धितोपत्र बजार नियमन निकायबाट अनुमतिपत्र प्राप्त गरेका व्यक्ति मात्र सेयर बजार र सूचिकृत संगठित संस्थाको शेयर मूल्यको विषयमा अभिव्यक्ति दिन पाउने व्यवस्था गरेको छ ।
विभिन्न व्यक्ति र समूहले शेयरको मूल्य बढ्ने वा घट्ने भन्दै निश्चित शेयरहरु खरिद गर्न वा बिक्री गर्न तथा विभिन्न शेयरहरु खरिद वा बिक्री नगर्न उत्साहित गराएकाले यस्तो निर्देशन दिन बाध्य भएको बोर्डको तर्क छ।
छिमेकी मुलुकहरुमा सेयरबजारको बारेमा बिश्लेषण गर्न लाइसेन्स लिनुपर्ने तर यहाँ भने जथाभावी रुपमा बोलेको बोर्ड बताउँछ। अब सेयरबजारको बारेमा बिश्लेषण गर्नेहरुले धितोपत्र बोर्डको अनुमति लिनुपर्ने भएको छ ।
अहिले सेयरबजारमा आफुखुसी बिश्लेषक भन्दै आफुअनुकुल बजारको बिश्लेषण गर्नेहरु बढेको र तिनले बजारलाई प्रभाव पारेको भन्दै बोर्डले त्यसमा रोक लगाएको हो ।
अहिलेसम्म बिश्लेषक मात्रै होइन विभिन्न लगानीकर्ताहरुले पनि बजार प्रभाव पार्नेगरि आफ्ना अभिब्यक्ति दिइरहेका छन् । जसलाई रोक्नका लागि नै बोर्ड कठोर हुनुपरेको हो ।
‘निश्चित शेयरहरु किन्न उक्साउने वा नकिन्न अभिपे्ररीत गर्ने वा बजारको स्वतन्त्र रुपले संन्चालन हुने व्यवस्थालाई प्रभाव पार्ने उद्देश्यले त्यस्तो कार्य नगर्न नगराउन सबै सम्वद्ध पक्षहरुलाई एक सूचनामार्फत् सूचित गरिएको छ ।’ बोर्डल आफ्नो बिज्ञप्तीमा उल्लेख गरेको छ ।