काठमाडौ, ६ जेठ
राप्रपाका अध्यक्ष कमल थापाले राजनीतिक स्वार्थको लागि हचुवामा पटकपटक नागरिकता सम्वन्धि निर्णय परिवर्तन गर्न नहुने बताउनु भएको छ । अध्यक्ष थापाले सामाजिक सञ्जालमा लेख्नु हुन्छ
” प्रत्येक नेपालीले सरलरूपमा नागरिकता प्रमाणपत्र पाउनुपर्छ। नागरिकता पाउनबाट कुनैपनि नेपाली वंचित हुनुहुंदैन। खुला सिमारखुला आवतजावत भएको देशमा राजनीतिक स्वार्थको लागि हचुवामा पटकपटक नागरिकता सम्वन्धि निर्णय परिवर्तन गर्नुहुन्न। बंशजको नागरिकता पाउन बाबुआमा दुवै नेपाली नागरिक हुनुपर्छ । ”