neapl investment mega bank
  • गृहपृष्ठ
  • बिहिबार थप ८ हजार ३०५ जनामा कोरोना सङ्क्रमण, ६५४३ जना डिस्चार्ज,१९० को मृत्यु

बिहिबार थप ८ हजार ३०५ जनामा कोरोना सङ्क्रमण, ६५४३ जना डिस्चार्ज,१९० को मृत्यु

May 20th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, ६ जेठ

बिहिबार थप ८ हजार ३०५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा २२ हजार ८७ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या चार लाख ८८ हजार ६४५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २२ हजार ८७ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या ९३२ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८५२ जना छन् । हालसम्म २८ लाख ५५ हजार ७९३ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप ६५४३ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ६५४३ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या तीन लाख ६६ हजार ९४६ पुगेको छ ।

थप १९० को मृत्यु

पछिल्लो २४ घण्टामा १९० जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पाँच हजार ८४७ पुगेको छ।