neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

बारीमा गाडेको अवस्थामा शव फेला

May 20th, 2021

काभ्रेपलाञ्चोक, जेठ ६

चौरीदेउराली गाउँपालिका–७ गोठपानी बस्ने २२ वर्षीया सुमिना गुरुङको आफ्नै घरदेखि करिब १ सय मिटर टाढा बारीमा गाडेको अवस्थामा बुधबार दिउँसो शव फेला परेको छ ।

उनको हत्या गरी बारीमा शव गाडेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरीले प्रारम्भिक अनुसन्धानका लागि उनकै श्रीमान २८ वर्षीय सोनाम लामा र सोनामका बुबा ६६ वर्षीय चन्द्र बहादुर लामालाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi