neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

लिभरपुल शीर्ष चारमा

May 20th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ,जेठ ६
इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा लिभरपुलले बर्नलीलाई ३-० गोलले पराजित गरेको हो ।

लिभरपुललाई जित दिलाउन रोबर्टो फिर्मिनो,नथनेल फिलिप्सर अक्सलेड-चेम्बरलेनले एक-एक गोल गरे ।लिभरपुलले एक गोल पहिलो हाफ र दुई गोल दोस्रो हाफमा गरेको हो ।

खेलको ४३ औँ मिनेटमा रोबर्टो फिर्मिनोले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ५२ औं मिनेटमा नथनेल फिलिप्सले गोल गर्दै टोलीलाई २-० ले अघि बढाए।

त्यसपछि खेलको ८८ औं मिनेटमा अक्सलेड-चेम्बरलेनले गोल गर्दै टोलीलाई ३-० को सहज जित दिलाए ।

जितसँगै लिभरपुलले ३७ खेलबाट ६६ अंक जोडेको छ र शीर्ष चारमा उक्लिएको छ । लेस्टर सिटीको पनि ३७ खेलबाट ६६ अंक छ तर गोल अन्तरले पाँचौं स्थानमा छ । लिभरपुलले अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ । बर्नलीको ३७ खेलबाट ३९ अंक छ १७ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi