neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

कोपा ईटालियाको उपाधि युभेन्ट्सलाई

May 20th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ,जेठ ६

युभेन्ट्सले कोपा ईटालियाको उपाधि जितेको छ । बुधबार राति भएको फाइनल खेलमा एटलान्टालाई २-१ ले पराजित गर्दै युभेन्ट्सले उपाधि उचालेको हो ।

युभेन्ट्सलाई जित दिलाउन देजन कुलुसेभस्की र इफेडरिको चियासाले एक-एक गोल गरे ।एटलान्टाका रुस्लान मालिनोवस्कीले एक गोल फर्काए ।

खेलमा पहिलो अग्रता युभेन्ट्सले लिएको थियो । खेलको ३१ औँ मिनेटमा देजन कुलुसेभस्कीले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।तर,४१ औँ मिनेटमा एटलान्टाका रुस्लान मालिनोवस्कीले गोल गर्दै खेल बराबरीमा फर्काए ।

त्यसपछि खेलको ७३ औं मिनेटमा युभेन्ट्सका इफेडरिको चियासाले गोल गर्दै टोलीलाई २-१ को जित दिलाए ।

खेलको ८८ मिनेटमा एटलान्टा १० खेलाडीमा सीमित भएको थियो ।एटलान्टाका राफेल टोलोईले रातो कार्ड खादै मैदान छाड्न परेको थियो।

जितसंगै युभेन्ट्सले १४ औं पटक कोपा ईटालियाको उपाधि जितेको छ ।यस अघि युभेन्ट्सले सन् १९६३ मा उपाधि जितेको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi