neapl investment mega bank
  • गृहपृष्ठ
  • थप ८ हजार १७३ जनामा कोरोना सङ्क्रमण, २४६ को मृत्यु

थप ८ हजार १७३ जनामा कोरोना सङ्क्रमण, २४६ को मृत्यु

May 19th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, ५ जेठ

बुधवार थप ८ हजार १७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा २१ हजार ८ सय ४७ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या चार लाख ८० हजार ४१८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २१ हजार ८ सय ४७ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या ८५४ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ३५८ जना छन् । हालसम्म २८ लाख ३४ हजार ९८ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप ७९८९ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ७९८९ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या तीन लाख ६० हजार ४०३ पुगेको छ ।

थप २४६ को मृत्यु

पछिल्लो २४ घण्टामा २४६ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पाँच हजार ६५७ पुगेको छ।