neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको सहज जित

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको सहज जित

May 19th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ,जेठ ५

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ। घरेलु मैदानमा मंगलबार राति भएको खेलमा चेल्सीले लेस्टर सिटिलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीलाई जित दिलाउन एन्टोनियो रेडिगर र जर्जिनहोले एक-एक गोल गरे । लेस्टर सिटिका केलेची हेनाचोले एक गोल फर्काए।

खेलमा पहिलो अग्रता चेल्सीले लिएको थियो । खेलको ४७ औं मिनेटमा एन्टोनियो रेडिगरले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ६६ औं मिनेटमा जर्जिनहोले पेनाल्टीमा गोल गर्दै टोलीलाई २-० ले अघि बढाए।

खेलको ७६ औं मिनेटमा लेस्टर सिटिका केलेची हेनाचोले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।

त्यसपछि कुनै गोल हुन सकेन र चेल्सीले जित निकालेको हो ।

जितसँगै चेल्सीले ३७ खेलबाट ६७ अंक जोडेको छ र तेस्रो स्थानमा छ। पराजित लेस्टर सिटिको ३७ खेलबाट ६६ अंक छ र चौंथो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi