neapl investment mega bank

नेप्से २८ सय अंकको हाराहारीमा

May 18th, 2021

काठमाडौ, जेठ ४

नेप्से २८ सय अंकको हाराहारीमा पुुगेको छ । आज मंगलबार नेप्से ३४ दसमलव ६८ अंकले बढेर २७ सय ९३ दसमलव ८९ अंकमा पुुगेको छ भने सेन्सिटिभ चार दसमलव ६४ अंकले बढेर चार सय ९७ दसमलव २२ अंकमा पुुगेको छ । नेप्सेमा आज दुुई सय १५ वटा कम्पनीहरुको एक लाख १५ हजार नौ सय ६१ पटकको कारोवारमा दुई करोड ३१ लाख ३१ हजार छ सय १५ कित्ता सेयर किनबेच भएकाछन भने कुुल कारोवार रकम ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार ९२ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा उत्पादनमुलक समुहले गुमाएपनि बाँकी समुहले भने कमाएकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक चार दसमलव ७१ अंकले बढेर १८ सय २६ दसमलव ७८ अंकमा पुग्दा बिकास बैंक, जलबिद्युुत, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, फाईनान्स, सामुहिक लगानी कोष र लगानी समुहको सुचक पनि बढेकाछन ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा घलेम्दी हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेपाल पुर्नबीमा कम्पनी परेको छ ।