काठमाडौ, जेठ ३
नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको प्रमुुख कार्यकारी अधिकृतमा सुरेशप्रसाद खत्री नियुक्त भएकाछन । उनको नियुक्तीलाई नियमनकारी निकाय बीमा समितीले स्वीकृती दिएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीको सञ्चालक समितीको बैठकले खत्रीलाई प्रमुख कार्यकारी नियुक्त गर्न सिफारिस गरी बीमा समितीसंग सैद्धान्तिक सहमतीको लागि पठाएको थियो । गत पुस पाँच गतेबाट प्रमुुख कार्यकारी अधिकृत भरत बहादुर बस्नेतको पदावधी सकिएपछि नायव प्रमुख कार्यकारी अधिकृत खत्रीलाई कामुु सिईओको जिम्वेवारी दिईएको थियो । बैंङगलोरबाट एमबीए गरेका खत्रीको बीमा क्षेत्रमा निकै लामो समयको कार्यअनुुभव रहेको छ ।