neapl investment mega bank
  • गृहपृष्ठ
  • कृषि बिकास बैंकले १८ अर्ब कृषि क्षेत्रका लागि ऋणपत्रबाट जोहो गर्दै रकम

कृषि बिकास बैंकले १८ अर्ब कृषि क्षेत्रका लागि ऋणपत्रबाट जोहो गर्दै रकम

May 17th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, जेठ ३


कृषि बिकास बैंंकले कृषि क्षेत्रमा लगानी गर्नका लािग यो वर्ष कृषि ऋणपत्र मार्फत १८ अर्ब जोहो गर्दैछ । सरकारले यो बैंकलाई कृषि क्षेत्रको लागि अग्रणी बैंक बनाउने भन्दै यसलाई मात्रै ऋणपत्र जारी गर्ने अधिकार दिएको छ ।

कुल १८ अर्ब मध्ये यो बैंकले ६ अर्ब बिक्री गरिसकेको छ भने बाँकि १२ अर्बका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । केहि दिनमा यसको टुंगो लाग्ने र जेठको २२ गते सम्ममा फेरी १२ अर्बको ऋणपत्र जारी गर्ने बैंकको तयारी छ ।

यसरी बिक्रि गरेको ऋणपत्रमा कृषि बिकास बैंकले बैंकहरुलाई ४ प्रतिशतको ब्याज दिएको छ । यसअघि बिक्रि गरेको ऋणपत्र ६ वर्षे थियो भने अब ७ वर्षे ऋणपत्र बिक्री गर्ने तयारीमा जुटेको छ ।

कृषि बिकास बैकले यसरी ऋणपत्र मार्पmत जुटाएको रकम कृषिमा लगानी पनि गरिसकेको छ । यो वर्ष मात्रै १५ अर्ब कृषि क्षेत्रमा लगानी स्वीकृत गरिसकेकोमा १२ अर्ब त कर्जा प्रवाह नै भइसकेको छ ।

२०७८ असार मसान्तसम्ममा कृषिमा ११ प्रतिशत लगानी गरिसक्नुपर्छ । तर, अहिलेसम्म यस्तो कर्जा ९ वटा बैंकले राष्ट्र बैंकको निर्देशन अनुसार पु¥याउन सकेका छैनन् । यसरी कृषिमा लगानी गर्न आनाकानी गरिहेका बैंकहलाई बाध्य पारेर राष्ट्र बैंकले आगामी वर्षमा पनि यस्तो ऋणपत्रलाई निरन्तरता दिनुपर्ने बिज्ञहरुको सुझाव छ ।

कृषिजन्य बस्तुको बढ्दो आयात न्युनिकरण गर्न यहाँ कृषिमा लगानी बढाउन जरुरी छ । कृषकलाई यहि पेसामा टिकाइरहन सहज तरिकाले सुलभ दरमा ब्याज मात्रै होइन, बिमाको दायरा पनि फराकिलो पार्न जरुरी छ ।

नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई कृषि क्षेत्रमा आफ्नो कुल कर्जाको ११ प्रतिशत रकम लगानी गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । तर गत वर्षसम्म अधिकांश बैंकहरुले यस्तो निर्देशन पालना गरेका थिएनन् ।

बैंकहरुले पनि कृषि क्षेत्रमा लगानी एकैपटक बढाउन कठिन रहेको भन्दै राष्ट्र बैंकलाई यसमा केहि लचकता अपनाउन आग्रह गरिरहेका थिए ।

बैंकहरुको यस्तो सुझावलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा कृषि बिकास बैंकले कृषि ऋणपत्र जारी गर्ने र त्यस्तो ऋणपत्रमा गरेका लगानी पनि कृषिमा गरेको बराबर मानिने भनेर व्यवस्था गर्याे ।