neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • रोगभन्दा भोकले पिरोलेपछि सडकमै खान्छन् मजदुर, घरजाउँ भनि न गाडी छ नत भाडा

रोगभन्दा भोकले पिरोलेपछि सडकमै खान्छन् मजदुर, घरजाउँ भनि न गाडी छ नत भाडा

May 17th, 2021

आधारभूमि संवाददाता

काठमाडौं जेठ ३

‘होटलमा काम गर्थे,लकडाउन भएपछि होटल बन्द भयो, भोको पेटले आहारा छोड्न बन्द गरेन, अनि बाध्य भएसडकमा बसेर मागेर खान ’ सोलुखुम्बु घर भएका मान बहादुर नयाँ बसपार्क नजिकै सडकमा बसेर खाना खाँदा यसरी दुखेसो पोख्दै थिए।

उनि मात्रै हैन कैयनले अहिले रोजगारी गुमाएरसडकमा बसेर खानु परेको छ । मानबहादुर निषेधाज्ञा जारी हुनु अघि सामाखुसीमा एकहोटलमा काम गर्थे । महामारी फैलिदै थियो । ग्राहक होटलमा कम हुँदै थियो ।तरपनि त्यतिन्जेलसम्म उनको गास रोकिएको थिएन । सरकारले एकाएक निषेधाज्ञा गर्यो । उनले काम गर्ने होटलको सटरमात्रै बन्द भएन उनको हातमुख जोर्ने इलम पनि बन्द भयो ।

केहि दिन त उनले कोठामा खाना नखाएका पनि होइनन् । कोठामा रहेको चामलको बट्टा रित्तिदै गयो, चामल किन्नका लागि खल्ती छामेत्यो पनि रित्तिएको रहेछ । उनि भन्छन् ‘ एसरी सडकमा खाना खान आऊन रहर छैन, तर केगर्नु बाध्यता आइपर्यो, सडक नआउँ भोको पेटले पिरोल्छ, सडकमा आउ मनले पिरोल्छ ।’

उनिसँगै खाना खान बसेका अर्का बाजुरा घरभएका सानु बाबु लुवर पनि घर फर्किन चाहन्छन् । तर, सडकमा गुडेका गाडीलेउनलाई घर पुराउँदैनन् । यसअघिको लकडाउन खुले लगतै बाजुरा बाटकामको खोजीमा आएका कृष्ण मगरले कोठा भाडा तिर्न सकेनन् । घरबेटीको कोठाबाट उनिनिक्लन बाध्य भए । यसपछि उनले आफ्नोबासस्थान पुलमुनीको चिसो कोप्चेरो बनाएका छन् ।

उनी पनि छिटो भन्दा छिटो बाजुराफर्कन चाहान्छन् , तर कसले पो पुराइदिने ।

रोग जस्तै भोकसंग पनि त्राहिमाम बनेकाहरुकोछाक टार्नका लागि अहिले जय महांकाल युवा समुहले करिव १ वर्ष दखि यो स्थान बरपर भएकाअसहाय सर्वसाधारणहरुका लागि खाना खुवाउदै आएको छ ।

दैनिक ज्याला मजदुरी गरेर जिवन धान्दै आएका सर्वसाधारणहरुलाई यति बेला एकातिर महामारी अर्को निषेधाज्ञाका कारण रोजगारी गुमेकाले हातमुख जोर्न समस्या भईरहेको छ । त्यसैले उनिहरु सडकमा बाडिनेखानामा भरपर्नु परेको छ ।

बिजीमल अगाडी करिव ६० जना सर्वसाधारण र केही बालबालिका सडकमा खाना खानका लागि कुरीरहेका देखिन्थे ।

अहिले बालाजु, नयाँ बसपार्क, पशुपति क्षेत्रलगाएतका स्थनमा जय महांकाल युवा समुहले विहान ११ वजे र बेलुका ५ बजे यी स्थानमा खानाखान आउने करिव १८ सय सर्वसाधारणलाई खानाखुवाउँदै आएको अध्यक्ष लिलानाथ भण्डारीलेबताए ।

उनी भन्छन्, यस्ता व्यतिmहरुलाई खाना खुवाउन पाउँदा छुट्टै सन्तुष्टि मिल्छ । भोकबाट जोगिनका लागि सडकमा लाम लागेरसर्वसाधरणले खाना खादैँ गरेका यस्ता दृश्यहरुले उनीहरुको मौलिक हकमा प्रहार गरेकोदेखिन्छ । यस्ता कमजोर आर्थिक स्थिती भएका सर्वसाधारणका बारेमा सम्बन्धित निकाय गम्भीरभएर सोच्नु पर्ने अवस्था आएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi