neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • एट्लेटिको मड्रिडको पुनरागमन जितसँगै उपाधि नजिक

एट्लेटिको मड्रिडको पुनरागमन जितसँगै उपाधि नजिक

May 17th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ,जेठ ३
स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिडले पुनरागमन जित निकाल्दै उपाधि नजिक पुगेको छ । आईतबार राति घरेलु मैदानमा भएको खेलमा एट्लेटिको मड्रिडले ओसासुनालाई २-१ गोलले पराजित गरेको हो ।

एट्लेटिको मड्रिडलाई जित दिलाउन रेनान लोडी र लुइस सुआरेजले एक-एक गोल गरे।ओसासुनाको एन्टे बुडिमिरले एक गोल गरेका थिए।

दोस्रो हाफको ७५ औं मिनेटमा ओसासुनाका एन्टे बुडिमिरले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ८२ औँ मिनेटमा एट्लेटिकोका रेनान लोडीले गोल गर्दै खेल बराबरीमा फर्काए ।

त्यसपछि खेलको ८२ औँ मिनेटमा एट्लेटिकोका लुइस सुआरेजले गोल गर्दै टोलीलाई २-१ को जित दिलाए ।

जितसँगै एट्लेटिकोले ३७ खेलबाट ८३ अंक जोडेको छ र उपाधि नजिक पुगेको छ ।दोस्रो स्थानको रियल मड्रिडको ३७ खेलबाट ८१ अंक छ ।पराजित ओसासुनाको ३७ खेलबाट ४४ अंक छ र ११ औँ स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi