neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

नाचोको गोलमा रियल मड्रिडको जित

May 17th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ,जेठ ३

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकालेको छ । गएराति भएको खेलमा रियल मड्रिडले एथ्लेटिक बिल्बाओलाई १–० गोलले पराजित गरेको हो ।

रियललाई जित दिलाउन नाचोने गरेको गोल नै निर्णायक बन्न पुग्यो । नाचोले खेलको ६८ औं मिनेटमा क्यासिमिरोको पासमा सो गोल गरेका हुन् ।

खेलको ८९ औं मिनेटमा एथ्लेटिक बिल्बाओ १० खेलाडीमा समेटिएको थियो ।बिल्बाओका राउल गार्सियाले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

जितसँगै रियलले ३७ खेलबाट ८१ अंक जोडेको छ र दोस्रो स्थानमा उक्लिएको छ । पराजित एथ्लेटिक बिल्बाओको ३७ खेलबाट ४६ अंक जोडेको छ र नवौं स्थानमा छ ।शीर्ष स्थानको एट्लेटिको मड्रिडको ३७ खेलबाट ८३ अंक छ ।र्सिलोना ला लिगा फुटबलको उपाधि होडबाट बाहिरिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi