काठमाडौ, जेठ २
नेप्से उच्च अंकले बढेको छ । साताको पहिलो कारोवार दिन नेप्से आज ५४ दसमलव २१ अंकले बढेर २७ सय ३८ दसमलव २९ अंकमा चढेकोमा सेन्सिटिभ पनि आठ दसमलव ६४ अंकले बढेर चार सय ८८ दसमलव १४ अंकमा चढेको छ । दुुई सय १४ वटा कम्पनीहरुको एक लाख १३ हजार ६९ पटकको कारोवारमा दुुई करोड १३ लाख २८ हजार आठ सय ८२ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम १० अर्ब ४० करोड ३८ लाख ७९ हजार रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा १३ वटै समुहको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो ति मध्ये बाँणिज्य बैंक समुहको सुचक २७ दसमलव ४३ अंकले बढेर १८ सय १२ दसमलव ६४ अंकमा चढेकोमा बिकास बैंक, जलबिद्युुत, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य, सामुुहिक लगानी कोष र लगानी समुहरुको सुचक पनि बढेकाछन ।
आज बढी कमाउने कम्पनीहरुको सुचीमा रुरु जलबिद्युुत कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा नारायणी डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल पुर्नबीमा कम्पनी, एनसीसी बैंक आदि परेकाछन ।