neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • आफ्नो उपचारमा खटिने डाक्टर तथा नर्सलाई पूर्वराजाले दिए धन्यवाद

आफ्नो उपचारमा खटिने डाक्टर तथा नर्सलाई पूर्वराजाले दिए धन्यवाद

May 15th, 2021

काठमाडौं, जेठ १

पूर्व राजा ज्ञानेन्द्र शाहले आफूहरुको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई आभार व्यक्त गरेकाछन । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा १९ दिन लामो उपचारपछि कोरोना संक्रमणमुक्त भई राजा ज्ञानेन्द्र बैशाख २९ गते राति ८ बजे डिस्चार्ज भएका थिए ।

त्यसको दुई दिनपछि अर्थात बैशाख ३१ गते पूर्व महारानी कोमल शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाह डिस्चार्ज भएकी थिईन । पूर्व राजा शाहले एक ट्वीट गर्दै कोरोनाको वैश्विक महामारीका कारण आफूहरु नर्भिक अस्पतालमा रहँदा हरदम सेवामा जुट्ने डाक्टर, नर्स तथा हमेशा मनोवल उच्च राख्न हौसला दिने अन्य सहयोगी व्यक्ति र देशविदेशमा रहेका शुभचिन्तकप्रति आभार प्रकट गरेकाछन ।

यसैगरी, पूर्व राजपरिवारका सदस्यहरु स्वस्थ भई डिस्चार्ज भइसकेपछि नर्भिक अस्पतालका अध्यक्ष बसन्त चौधरीले पनि एक ट्वीट गर्दै खुशी व्यक्त गरकोछन । उनले पूर्व राजा तथा राजपरिवारका सदस्यहरुको सुस्वास्थ्य र दीर्घजीवनको समेत कामना गरेकाछन ।

पूर्व राजा शाह, पूर्व रानी कोमल शाह र अधिराजकुमारी प्रेरणा शाह कोरोना संक्रमण भई नर्भिकमा भर्ना भएका थिए । पूर्व राजा र अधिराजकुमारीको सामान्य अवस्थामै उपचारलाई जारी राखिएको थियो भने पूर्वरानीको अवस्था भने निकै जटिल बनेको थियो । उहाँलाई हाइफ्लो अक्सिजनको सपोर्टसहित केही दिन आइसियूमा राख्नु परेको थियो । कोरोना संक्रमणका लागि प्लाज्मा थेरापी विधिबाट समेत उपचार गरिएको थियो । लगातकार उपचार र नर्भिकको स्तरीय स्वास्थ्य सेवाका कारण उहाँको स्वास्थ्यमा चमात्कारिक सुधार भएको थियो ।

जसको फलस्वरुप आइसियूमा राखेको केही दिनमै पूर्वरानीको अवस्था सुधार भएपछि वार्डमा सारिएको थियो । वार्डमा सारिएको केही दिनमै उहाँलाई शुक्रबार डिस्चार्ज गरिएको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi