काठमाडौ, बैशाख ३१
कोभिडका केसहरुमा भर्खरको वृद्धिले देशभरका अस्पतालहरुमा अक्सिजनको अभाव देखा परेको छ । यो अवस्था विशेष गरी गर्भवती र भर्खरका आमाहरु जो कोभिडबाट संव्रmमित छन् उनीहरुको लागि गम्भीर रहेको छ । यही कोभिडको संव्रmमणको संख्यामा बढ्दै गएको प्रतिव्रिmयाको अनुरुप जोन्टा क्लव अफ काठमाडौँले थापाथलीको परोपकार मातृत्व र महिला अस्पताल (प्रशुतिगृह) लाई चार वटा अक्सिजन कन्सनट्रेटर दान गरेको छ ।
चार वटा अक्सिजन कन्सनट्रेटरहरु हिजो अस्पतालका हेड कोभिड विङका इन्चार्ज डाक्टर सुवेदीलाई हस्तानतरण गरियो । अप्रिल २०२० मा पहिलो लकडाउनको व्रmममा खाद्यान्न प्याकेट, पीपीई सेट र काठमाडौँ र ललितपुर वरिपरि भर्खरै जन्मिएका बच्चाहरुलाई किटहरुको वितरण सहित जोन्टाले कोभिडको विरुद्ध लडाईमा लिएको यो धेरै मध्यको एक पहल हो । जोन्टा क्लवअफ काठमाडौँका अध्यक्ष सीमा गोल्छाले भनिन् “महिला र बालबालिकाको सुधारको लागि काम गर्ने अभियानका साथ हामीआशावादी छौं कि यो समर्थनले खाँचोमा परेकाहरूलाई सहयोग गर्ने छ ।“