neapl investment mega bank
  • गृहपृष्ठ
  • पूर्वरानी र अधिराजकुमारी अस्पतालबाट डिस्चार्ज

पूर्वरानी र अधिराजकुमारी अस्पतालबाट डिस्चार्ज

May 14th, 2021

काठमाडौं, बैशाख ३१

नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाह आज डिस्चार्ज भएकाछन । उनीहरु अपरान्ह ४ बजे अस्पतालबाट डिस्चार्ज भएका हुुन । उनीसँगै पूर्व अधिराजकुमारी प्रेरणा शाह समेत अस्पतालबाट डिस्चार्ज भएको हष्पिटलले जानकारी दिएको छ ।

कोरोना संक्रमण भई २१ दिनअघि नर्भिक अस्पतालमा पूर्व राजा ज्ञानेन्द्र शाहसहित उनीहरु भर्ना भएका थिए । पूर्वराजा ज्ञानेन्द्र शाह बैशाख २९ गते राति ८ बजे डिस्चार्ज भएका थिए । त्यसको २ दिनपछि पूर्वरानी र पूर्व अधिराजकुमारी समेत डिस्चार्ज भएका हुुन ।

अस्पताल आएदेखि नै पूर्वरानी कोमल शाहको अवस्था बिग्रिन थालेको थियो । उनलाई अक्सिजनको हाइफ्लो सपोर्टमा राखेर उपचार गरिएको थियो । अक्सिजन निरन्तर घटेपछि आइसियूमा राखेर समेत केही दिन उपचार गरिएको थियो । प्लाज्मा थेरापी विधिबाटसमेत उपचार गरिएको थियो । निरन्तरको उपचारले उनको अवस्थामा पछिल्ला केही दिनदेखि सुधार आइरहेको थियो । क्रमिक रुपमा सुधार भइरहेको उहाँ अवस्था सामान्य बन्दै गएपछि डिस्चार्ज गरिएको हो । पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था सुरुवातदेखि नै सामान्य र स्थिर थियो ।

पूर्व राजा, पूर्व रानी र अधिराजकुमारीको उपचारमा नर्भिक अस्पतालका सिनियर फिजिसियन तथा कार्डियोलोजिष्ट डा. जेपी जैसवाल र चेस्ट फिजिसियन डा. बी श्रीवास्तव नेतृत्वको टिम संलग्न थियो । नर्भिकको टिमलाई पूर्व राजपरिवारका निजी चिकित्सकले पनि सहयोग गरेका थिए ।